जेठ १, काठमाडौँ । कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सतर्फ उनीसँगै दुई जना सल्लाहकार कुमार व्यञ्जनकार र सुनिल लम्साल पनि प्रस्थान गरेका हुन् ।
कान्सका
मेयर डेभिड लिसनार्डको निमन्त्रणामा बालेन फ्रान्स लागेका हुन । उनले त्याहाँ फेस्टिभलमा
तीन दिन बिताउने कार्यक्रम रहेको छ ।
फेस्टिभल
निर्देशक र मेयर लिसनार्डसँग उनको भेटवार्ता समेत हुने बताइएको छ ।
फेस्टिभलको
रेड कार्पेट तथा प्रीमियरमा समेत बालेनले सहभागिता जनाउने निश्चित भएको छ ।
- न्युज बहार संवाददाता