Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बलिउड फिल्म छावाले एकपछि अर्को रेकर्ड तोड्दै

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

फागुन १९, काठमाडौँ । बलिउड फिल्म छावाले एकपछि अर्को रेकर्ड तोड्दै गइरहेको छ । अभिनेता विक्की कौशल र अभिनेत्री रश्मिका मन्डानाको फिल्म छावाले बक्स अफिसमा रिलिज भएको तेस्रो आइतबार शाहरुख खानको ‘जवान’ र ‘पठान’ सहित दश फिल्मको रेकर्ड तोडेको छ ।

रिलिजको तेस्रो दिनमा लक्ष्मण उतेकरको फिल्म ‘छावा’ ले शानदार बढोत्तरीको साथमा २५ करोड भारु कमायो । ओपनिङ डेमा फिल्मले ३१ करोड भारु कमाई गरेको थियो ।

छावाले पहिलो आइतबार ४८ करोड ५० लाख भारु कमाएको थियो । दोस्रो आइतबार फिल्मले ४० करोड भारु कमाउन सफल भयो । फिल्मको अहिलेसम्म कुल ४५९ करोड ५० लाख भारुको व्यापार गरिसकेको छ ।

  • न्युज बहार संवाददाता

थप