वैशाख
१९, काठमाडौँ । फिल्म ‘अञ्जिला’ आफ्नो प्रदर्शनको ५१ औँ दिनमा
प्रवेश गरेको छ । गएको फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले १० करोड बढीको
ब्यवसाय गरेको निर्माणपक्षले जनाएको छ । आज फिल्म प्रदर्शनमा आएको ५१ औँ भएको हो ।
मिलन
चाम्सले फिल्मलाई निर्देशन गरेका हुन् । निर्देशक चाम्सका अनुसार फिल्मले
प्रदर्शनको ५१ औँ दिन छोएको छ भने सम्भवत ५१ दिन पुग्ने यो पहिलो नेपाली
वायोपिक फिल्म हो ।
निर्माण
युनिटले आज शुक्रबार एक कार्यक्रम गर्दै फिल्मले ५१ औँ दिन पुरा गरेको उपलक्ष्यमा सेलिब्रेसन
गर्ने तयारी रहेको जनाएको छ ।
- न्युज बहार संवाददाता