Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

छड्के-२ फ्लप भएपछी अनमोलको वक्तव्य ‘थप परिपक्व हुनुपर्नेमा झन चुक्न पुगेँ।

‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल।

  •   ४ वर्ष अघि | २६ फाल्गुन २०७९, शुक्रबार

फागुन २६, काठमाडौं । नेपाली चलचित्र ‘छड्के २’ पछिल्लो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ। फिल्म नचलेपछि फिल्मका मुख्य अभिनेता अनमोल केसीले पहिलोपटक आफ्नि धारणा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै शुक्रबार वक्तव्य जारी गरेका हुन। उनले आँफुले छड्के २ फिल्ममार्फत दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् ।

अभिनेता अनमोल केसीले लेखेका छन नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा झन आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । उनको आउन लागेको फिल्म आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको दशौँ फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन्। उनको ‘जेरी : अन टप’ आगामी फिल्म छायांकनको तयारीमा रहेको छ। बेलुकी घाम डुबेपछि भोलि नयाँ बिहानी उदाउने भन्दै उनले दर्शकको दुखेको घाउमा मल्हम लगाउने समेत बाचा गरेका छन।

अनमोल केसीको नवौं फिल्मको रुपमा ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो प्रदर्शनको ६ दिनमै मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले यसलाई हटाइदिएको थियो । अनमोल आफ्नो धारणा व्यक्त गर्दै गर्दा ‘छड्के २’ सँगै एकै दिनबाट रिलिज भएको अर्को चलचित्र ‘छक्कापञ्जा ४’ लाई सफलताको बधाई समेत दिएका छन्।

  • न्युज बहार संवाददाता

थप