Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टेलिभिजन टक शोलाई लिएर भैरहेको विवादमा अभिनेत्रीद्धय साम्राज्ञी शाह र स्वस्तिमा खड्काले मागे माफी

  •   २ वर्ष अघि | १२ असार २०८१, बुधबार

असार १२, काठमाडौँ । अभिनेत्रीद्धय साम्राज्ञी शाह र स्वस्तिमा खड्काले टेलिभिजन टक शोलाई लिएर भैरहेको विवादमा माफी मागेका छन् ।

चर्को विरोध भएपछि दुबैले सामाजिक संजाल इन्स्टाग्रामबाट माफी मागेका हुन् ।

जसिता गुरुङको पोस्टको कमेन्ट गर्दै स्वस्तिमाले माफी मागेकी छन भने साम्राज्ञीले स्टोरीबाट माफी मागकी हुन ।

जसिता गुरुङको पोस्टको कमेन्ट गर्दै माफी माग्दै स्वस्तिमा लेख्छिन्, ‘म तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी चाहन्छु, यो एक रमाइलो कार्यक्रम थियो र आवेगसहित कुराहरु बाहिर आयो, तपाईं मेरा लागि सँधै महान साथी हुनुहुन्थ्यो । फेरि पनि म माफी चाहन्छु ।’

यता साम्राज्ञीले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा आफु सोच्न नसक्ने भन्दै स्पष्टीकरण दिएकी छिन् । यस विषयमा उनले लेखेकी छिन्, ‘हामीलाई प्रश्नको राउन्डमा एउटा स्थितिमा राखिएको थियो, हामीले, यसको नतिजा के हुन्छ भनेर सोचेनौँ र तिमीलाई कुनै पनि तरिकाले धम्क्याउने कोसिस पनि गरेका थिएनौँ । तिम्रो भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु ।’

  • न्युज बहार संवाददाता

थप