फागुन ३०, काठमाडौँ । एक वर्ष नपुग्दै अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन टुटेको छ । बिबाह गरेको ९ महिना पुग्दा नपुग्दै उनका श्रीमान्ले अर्को विवाह गरेका छन। अमेरिका निवासी वर्षाका श्रीमान आशिष गेलालले अर्को विवाह गरेका सामाजिक सञ्जाल मार्फत प्रष्ट भएको छ। आशिषले अर्कै युवतीसँग विवाह भएको तस्बिर सामाजिक सञ्जालमा बाहिरिएको छ। आशिषले हिजो सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका हुन् । वर्षाले गत वैशाखमा आशिषसँग विवाह गरेकी थिइन्।
यस बारेमा अभिनेत्री वर्षा सिवाकोटीले यसरी व्याख्या गरेकि छिन “हामिले छोटो समयमा छिटो विवाह गरैँ त्यसैले गर्दा एकले अर्कोलाई बुझ्न सकिएन र असमझदारी भयो, परिवारको तर्फबाट पनि मागेर छिटो विवाह गरियो, एकअर्कालाई बुझ्न कठिन भयो, त्यसैले दुई महिनाअघि हामी कानुनी रुपमा अलग भयौं।"
- न्युज बहार संवाददाता