पुस २२, काठमाडौँ । अभिनेत्री मिरुना मगर दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’को लिड-लेडीमा अनुबन्धित भएकी छन् । यसअघि बुद्धि तामाङ पनि फिल्मसँग जोडिइसकेका छन् ।
यी दुबै कलाकारसँग लिखित सहमति भएको निर्देशक राउतले जानकारी दिए । यो ‘गाउँ नै रमाइलो’ फिल्मलाई ‘नांगो गाउँ’ फेम्ड हिमाल कडरियाले बनाउँदैछन् ।
यसअघि यो फिल्ममा आर्यन सिग्देल र दयाहाङ राई समेत अनुबन्धित भैसकेका छन् । निर्देशक राउतले सोसल-ड्रामा ‘पूजार सार्की’ पछि यो फिल्म निर्देशन गर्ने जानकारी दिएका छन । निर्माण कम्पनी क्लक वर्क क्रिएसनले फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा गरिसकेको छ ।
- न्युज बहार संवाददाता