फागुन २४, काठमाडौं।
अभिनेता मानव सुवेदी र अभिनेत्री सुरक्षा पन्तबीच आज बुधबार इन्गेजमेन्ट भएको छ। अभिनेत्री
सुरक्षा पन्तले फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी
धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’
आज इन्गेजमेन्ट
भएका दुबैको भोली बिहीबार चितवनको सौराहामा विवाह समारोह हुदैछ। बिबाह हुनुअघि इन्गेजमेन्टको
तस्वीर सार्वजनिक गर्दै सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका
हुन्।
भोलीको विवाह समारोहमा भाग लिनका लागी आफन्त र परिवारजन आज चितवन जाँदैछन् । बिगत ६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले विवाहमा परिणत गर्न लागेका हुन् । दुबै जनालाई बधाई तथा शुभकामना ।
- न्युज बहार संवाददाता