असोज १४, काठमाडौं । प्रहरीले अभिनेता अनमोल केसीलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँने भएको छ ।
अभिनेता अनमोल केसी फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ शुक्रबार साँगाबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कुमोद ढुंगेलले म्याद थपका लागि अहिले केहीबेरमा केसीलाई अदालतमा उपस्थित गराउन लागिएको बताएका हुन ।
सुदर्शन थापा प्रोडक्सन नामक फिल्म कम्पनीले आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता केसीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
पक्राउपछि शुक्रबार रातीदेखि नै स्वास्थ्यमा समस्या देखिएकोले केसी चिरायु अस्पतालमा भर्ना भएका थिए ।
- न्युज बहार संवाददाता