भदौ १२, काठमाडौँ । फिल्म ‘ह्वाइट हाउस’ मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । फिल्मको मुख्य भूमिकाका लागि निर्माण युनिटले उनलाई भित्र्याएको हो । यस अगाडि ह्वाइट हाउस’ मा रमेश उप्रेती र गरिमा शर्मा पनि अनुबन्धित भइसकेका छन ।
फिल्म सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशनमा बन्न लागेको हो भने यसको सुटिङ अस्ट्रेलिया र नेपालमा हुनेछ ।
- न्युज बहार संवाददाता