Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रसाद-२ फिल्म युनिटको पत्रकार भेटघाट कार्यक्रम !

प्रसाद-२ फिल्म युनिटको पत्रकार भेटघाट कार्यक्रम !

  •   ४ वर्ष अघि | ८ माघ २०७९, आइतवार

माघ ८, पोखरा । प्रसाद-२ टिमले सामाजिक सञ्जालमा आफु र आफ्नो टिम माथी लागेको आरोपलाई यसरी जानकारी दिएको छ । प्रसाद -२ युनिट यसो भन्छन “कोरस डान्सर सपना महर्जन अस्वस्थ भई उपचार क्रममा रहेको अवस्थामा सामाजिक सञ्जालमा फिल्म का कलाकारसहित यूनिटले बेवास्ता गरेको भन्ने आरोपको खन्डन गर्दछौ, बिरामीको उपचारमा यथोचित सहयोग गरिरहेको र यसमा अनावश्यक भ्रम नछरिदिई सपनाको शीघ्र स्वास्थ्य लाभको कामना गरिदिन आग्रह गर्दछौ”।

प्रसाद २ टीमले आईतबार पोखरामा घटनाका प्रत्यक्षदर्शी, प्रसाद २ का निर्माता, कलाकार, निर्देशकले पत्रकार भेटघाट गरेको छ। यूनिटले सपनाको उपचारमा संम्लग्न चिकित्सकसँगको सरसल्लाहमा भोलीका दिनमा आईपर्ने सरसहयोगमा तत्पर रहेको पनि जनाएको छ । पत्रकार भेटघाटमा उपस्थित सपनाकी रूममेट साथीले छायाङ्कन सकिएपछि सपना होमस्टेमा राती रमाईलो गर्ने क्रममा लडेको, त्यो भन्दा अघि ५ कप कफी आफैं बनाएर खाएको र बिरामीको मामाले सपनाको टाउकोमा पुरानो दाग देखिएको बताएकोले घटनामा कसैले कसैलाई नमुछ्न पनि आग्रह गरेकी छन्। निर्देशक सुदर्शन थापाले कार्यक्रममार्फत् सबैको उद्देश्य सपना स्वस्थ होस् भन्नेमा रहेको र सहयोग गरिरहँदाको अवस्थामा कसैको करिअर, ईज्जतमा मानमर्दन नगर्न पनि सचेत गराएका छन्।

थप