माघ ६ काठमाडौँ । यही माघ २० गतेदेखी
प्रदशन हुन लागेको चलचित्र ह्यारी कि प्यारी को ट्रेलर केही दिन अगाडी रिलिज
गरिएको छ । ट्रेलर बाट राम्रो प्रतिक्रिया पाइरहेको ह्यारी कि प्यारी अहिले फिल्म
प्रमोसनको क्रममा देश दैडाहमा छ । ट्रेलर हरेर कति दर्शकहरुले यो फिल्म बलिउड फिल्म
विक्की डोनरको कपी पनि भनेर आलोचना पनि गरिरहेका छन । जे होस फिल्मको ट्रेलरले
मिश्रीत प्रतिक्रृया पाईरहेको छ ।
यति बेला फिल्मका मुख्य कालाकार जितु नेपाल,
साम्राज्ञी शाह र
निर्देशक कपिल रिजाल धरान महानगरपालिका पुगेका छन । उनिहरुले धरान महानगरपालिकाका
प्रमुख मेयर हर्क साम्पाङलाई वृक्षारोपणमा सहयोग गर्ने उध्देश्यले १०० वटा रुद्राक्षको विरुवा हस्तान्तरण
गरेका छन ।