माघ ७, काठमाडौँ
। ७१ औं मिस वर्ल्ड प्रतियोगिताको आयोजनास्थल र मिति घोषणा गरिएको छ । द हिडन
ट्रेजरलाई मिस वर्ल्ड अर्गनाइजेसनले इमेलमार्फत आगामी विश्व सुन्दरी
प्रतियोगिताबारे जानकारी दिएको हो ।
फेब्रुअरी
१८ देखि मार्च ९ सम्म प्रतियोगिता भारतमा आयोजना हुने र दिल्लीस्थित जी-२०
सम्मेलनको आयोजनास्थल भारतमण्डपमा मिस वर्ल्डको उद्घाटन समारोह हुने जारी सुचना
उल्लेख गरिएको छ ।
मिस वर्ल्ड
प्रतियोगिताको ग्राण्ड फिनाले चाहिं मुम्बईस्थित रिलायन्स जिया कन्भेन्सन सेन्टरमा
आयोजना हुनेछ ।
- न्युज बहार संवाददाता