असोज २६, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली बजारमा चाँदीको मूल्य घटेको छ भने सुनको मूल्य बढेको छ।
आज सुनको भाउ प्रतितोला छ सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता