मंसिर २२, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली
बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ।
आज सुनको
भाउ प्रतितोला दुई सय रूपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य स्थिर
रहेको छ।
बिहीबार प्रतितोला १४ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार
पनि सोही (१४ सय ६० रूपैयाँ)मा किनबेच कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता