पुस ५, काठमाडौँ । गहुँ बालीको न्यूनतम सर्मथन मूल्य सरकारले निर्धारण गरेको छ । सरकारले गत वर्षभन्दा करिब ३ सय रुपैयाँ बढाएर ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल गहुँ बालीको न्यूनतम सर्मथन मूल्य तोकेको हो ।
सरकारले गत
वर्ष ३ हजार ३ सय ५० रुपैयाँदेखि ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य
निर्धारण गरेको थियो ।
कृषि
तथा पशुपन्छी विकास मन्त्रालयलका अनुसार यो वर्ष गहुँको प्रतिक्विटल उत्पादन २
हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत
प्रतिक्विटल ५ सय ९४ रुपैयाँ ५४ पैसा र प्रतिक्विटल ढुवानी लागत ७६ रुपैयाँ ८८
पैसा गरी ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल मूल्य निर्धारण गरिएको हो
।
- न्युज बहार संवाददाता