चैत १२, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ ।
सुनको
भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य स्थिर
रहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक हजार नौ सय
८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
- न्युज बहार संवाददाता