कार्तिक
१४, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य बढेको छ भने सुनको मूल्य
घटेको छ ।
सुनको भाउ यसदिन पनि प्रतितोला
पाँच सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा
कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य बृद्धि भएको
छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार
भइरहेको छ।
- न्युज बहार संवाददाता