असोज १७, काठमाडौँ। प्रहरीले भेप (विद्युतीय सिगरेट) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहमा रहेका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ ।
लोकेन्द्र पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही दिनअघि पक्राउ गरेको एक अधिकृतले बताएका छन ।
अहिले पक्राउ गरिएका पौडेले चिनियाँ तस्कर दाओजिन वाङका चालक रहेकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
- न्युज बहार संवाददाता