मंसिर
११, काठमाडौँ । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३३
रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो। सोमबार नेपाल
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४५
रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २८ पैसा तोकिएको छ।
यसदिन
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ०१
पैसा पाइनेछ भने पाउण्ड स्टर्लिङ एकको खरिदमा १६७ रुपैयाँ ७७ पैसा र बिक्रीमा १६८
रुपैयाँ ५३ पैसा पाइनेछ।
आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ
५६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७२ पैसा पाइनेछ भने क्यानेडियन डलर एकको खरिदमा आज ९७
रुपैयाँ ६० पैसा र बिक्रीमा ९८ रुपैयाँ ०४ पैसा तोकिएको छ।
राष्ट्र
बैंकले युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदरमा ३६ रुपैयाँ ४०
पैसा तोकेको छ । त्यस्तै साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४९ पैसा र
बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा तोकिएको छ।
सोमबार
कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ६४ पैसा
पाइनेछ भने मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा
२८ रुपैयाँ ५४ पैसा पाइनेछ।
आज
बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा
तोकिएको छ।
- न्युज बहार संवाददाता