पुस ४, काठमाडौँ । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ।
मंगलबार पनि सुनको भाउ प्रतितोला दुई सय रूपैयाँ बढेको थियो । आज सुनको मुल्य प्रतितोला एक हजार रूपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेर एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता