Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिन ।

  •   ३ वर्ष अघि | १९ भदौ २०८०, मङ्लबार

भदौ १९, काठमाडौँ । आज सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनिले भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

इन्स्योरेन्सको ९० लाख कित्ता शेयरका लागी प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल २४४ रुपैयाँमा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।

सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

एनआइएमबि एस क्यापिटल इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लिमिटेड रहेको छ।

लगानीकर्ताले इन्स्योरेन्सको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट अनलाईन आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप