कार्तिक
१, काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर
निर्धारण गरेको छ।
यससँगै
आज डलर एकको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा कायम
गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा १४०
रुपैयाँ ५१ पैसा र बिक्रीमा १४१ रुपैयाँ १४ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा
आज १६१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १६२ रुपैयाँ ६० पैसा पाइन्छ ।
यसदिन, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ
४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइने छ भने साउदी अरेबियन रियाल एकको खरिदमा
आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६० पैसा पाइन्छ।
नेपाल
राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४
रुपैयाँ ९१ पैसा छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५२ पैसा र बिक्रीमा
९७ रुपैयाँ ९६ पैसा छ ।
आज
कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६६ पैसा
पाइन्छ भने बहराइन दिनार एकको खरिदमा ३५२ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५४ रुपैयाँ
१५ पैसा पाइन्छ।
राष्ट्र
बैंकले युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ तोकेको
छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीददर २८ रुपैयाँ १९
पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता