कार्तिक
१६, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ।
सुनको भाउ पछिल्लो तीन दिन
लगातार घटेको थियो । यसदिन सुनको मुल्य प्रतितोला
सात सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख १५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५०
रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बिहीबार नेपाली बजारम चाँदीको
मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १४ सय ५ रुपैयाँमा
कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता