Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुनको मुल्य एक सातामा ५ हजार ४०० रुपैयाँले बृद्धी

  •   ३ वर्ष अघि | ४ कार्तिक २०८०, शनिबार

कार्तिक ४, काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले बृद्धी भएको छ ।

गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा ५ हजार ४०० ले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

छापावाल सुनको मूल्य गत साताको शुक्रबार तोलामा १ लाख १० हजार १०० रुपैयाँ रहेको थियो । यो साताको शुक्रबार सम्म आइपुग्दा छापावाल सुन तोलामा १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेपाली बजारमा यो साता तेजाबी सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । गत शुक्रबार तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साता प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य यो साता तोलामा ५५ रुपैयाँ बढेको महासंघले जनाएको छ।  चाँदीको मूल्य गत साता तोलामा १३ सय ४५ रुपैयाँ थियो भने यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँ कायम भएको छ ।

  • न्युज बहार संवाददाता

थप