असोज १६, काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ।
सुनको भाउ गत मंगलबारदेखि घट्ने क्रममा रहेको हो। यसरी एक हप्तामा सुनको मुल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँले घटिसकेको छ ।
आज मंगलबार सुनको मुल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता