भदौ ५, काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य बृद्धी भएको छ।
यस दिन सुनको
मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि बृद्धी भएको छ। आज चाँदी २५ रुपैयाँ बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता