असोज ३, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ।
यसदिन सुन मूल्य दुई सय रुपैयाँ घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा बुधबार चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता