असोज
३०, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुबैको मूल्यमा गिरावट आएको छ।
यसदिन सुनको भाउ प्रतितोला चार
सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५०
रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ।
त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको
मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा
कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता