भदौ २५, भोजपुर । नेपाली सेनाले वातावरणको संरक्षणका लागि दुई हजार छ सय बिरुवा रोपेको छ । भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा नेपाली सेनाको नयाँ श्रीनाथ गणले वृक्षरोपण गरेको हो ।
इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत वृक्षरोपण गरिएको हो। सेनाले यस क्षेत्रमा तेजपत्ता मसलालगायत बरुवा रोपिएको जनाएको छ ।
नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले यो अभियानअन्तर्गत जिल्लाभर बिरुवा रोप्ने योजना रहेको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता