Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने अर्थमन्त्री भनाई

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

साउन ८, काठमाडौँ । बढ्दै गएको होटल संख्याको अनुरूप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताएका छन ।

आज मंगलबार होटल संघ नेपालका प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताएका हुन्।

उनले भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउनुका अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्त्वका पोखरा, लुम्बिनी, चितवन, राजमार्गहरूको विस्तार गरिने र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न समेत गराउने तथा बढ्दै गएको होटलहरूको संख्या र क्षमता उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।

आउँदो मौद्रिक नीतिमा अर्थमन्त्री पौडेलले पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने समेत बताएका छन ।

  • न्युज बहार संवाददाता

थप