पुस ४, काठमाडौँ । उखुको न्युनतम खरिद मूल्य सरकारले तोकेको छ । उखुको
न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय बुधबार बसेको
मन्त्रिपरिषद् बैठकले गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार
प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन ।
कृषि मन्त्रालयको प्रस्तावमा सरकारले किसानलाई प्रतिक्विन्टल ७०
रुपैयाँ अनुदान दिने निर्णय भएको छ उनले बताएकी छिन।
उनका अनुसार उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिने गरी न्युनतम
खरिद मूल्य तोकिएको हो ।
- न्युज बहार संवाददाता