Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजबाट प्रतिकित्ता ५० रुपैयाँमै खुल्यो यो कम्पनिको आइपिओ, कस्तो छ कम्पनी?

  •   ३ वर्ष अघि | २१ भदौ २०८०, बिहिबार

भदौ २१, काठमाडौँ । आज बिहीबारदेखि हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड कम्पनिले प्रतिकित्ता ५० रुपैयाँका दरले आइपिओ निष्कासन खुला गरेको छ ।

कम्पनिले १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको हो।

कम्पनीको आइपिओमा न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

भदौ २५ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि असोज ४ गतेसम्म रहनेछ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। 

कम्पनीले आइपिओ निष्कासनका लागी गराएको रेटिङमा इक्रा नेपालले 'इक्रा एनपी इस्युर रेटिङ ट्रिपल बी माइनस' रेटिङ प्रदान गरेको छ। यसको मतलब मध्यम स्तरको क्रेडिट जोखिम रहेको जनाउँछ।

लगानीकर्ताले यस कम्पनिमा लगानी गर्न चाहेमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाईन प्रयोग आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप