भदौ २७, काठमाडौँ । मुख्य चाडपर्वलाई लक्षित गर्दै सरकारले भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ ।
अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता धनीराम शर्माले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०–१० टन चिनी आयात गर्नेगरी भन्सार छुटको निर्णय भएको बताएका हुन ।
- न्युज बहार संवाददाता