Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अलैँचीको बोट मर्न थालेपछी कृषक निराश ।

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

साउन २२, बागलुङ । विसं २०७६ देखि बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–२ अर्गलका कृषकले व्यावसायिक रुपमा अलैँची खेती गर्दै आएका छन् ।

सुरुमा कृषक अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका थिए तर अहिले एक्कासी अलैँची कृषकहरु निराश हुन थालेका छन् । कृषक निराश हुनुको कारण हो अलैँचीले फल दिने समयमा बोट सुकेर मर्न थाल्नु । यसरी बोटनै सुकेर मर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् ।

गाउँपालिकालेनै पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषकहरुले व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका हुन् ।

अलैँची असार महिनादेखि फूल्न थालेपछी क्रमश बोट सुक्दै जान थालेको हो । उक्त गाउँपालिकामा लगाइएको अलैँचीका  अहिलेसम्म सयौँ बोट सुकेर नष्ट भइसकेका छन् । थाहा नभएको रोगबाट अलैँची यसरी सुकेर मर्न थालेपछि कृषकहरु सशङ्कित बनेका छन् ।

  • न्युज बहार संवाददाता

थप