Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कञ्चनपुरका उखु किसानले पाएनन् अनुदान

  •   ३ वर्ष अघि | १४ मंसिर २०८०, बिहिबार

मंसिर १४, कञ्चनपुर । सरकारी अनुदानबाट कञ्चनपुरका उखु किसानहरु वञ्चित छन् । किसानहरुले अझै पनि गत वर्षको अनुदान पाउन सकेका छैनन् ।

किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई सरकारले अनुदान दिँदै आएको थियो । प्रत्येक वर्ष सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । तर भने गत वर्षको अनुदान समेत कञ्चनपुरका उखु किसानले पाउन सकेनन् ।

कञ्चनपुरका उखु किसानले रु ३२ करोड अनुदान रकम पाउन बाँकी रहेको उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले बताए । उनले भने,  “कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने सो अनुदान रकम सरकारले निकासा गरेको छैन, गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन्।”

  • न्युज बहार संवाददाता

थप