Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गैँडाकोटको बसेनी गाउँमा व्यावसायिक सुन्तला खेतिमा रमाएका चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मी ।

  •   ३ वर्ष अघि | ५ भदौ २०८०, मङ्लबार

भदौ ५, नवलपरासी । नवलपरासी गैँडाकोट–१८ बसेनी गाउँको मुहार सुन्तला बगैँचाले फेरिएको छ । व्यावसायिकरूपमा बसेनी गाउँमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको छ । पहिले भिरालो र नाङ्गो रहेको जमिन अहिले सुन्तालाको बगैँचाले हरियाली देखीएको छ। यति मात्रै हैन सुन्तला भदौको अन्तिम सातासम्म बिक्रीका लागि तयारसमेत हुँदैछन । 

उन्सु प्रजातिको सुन्तला चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा बिक्रीका लागि तयार हुँदै छ । उनले विसं २०७५ बाट टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी व्यावासायिकरूपमा सुन्तला जातका फलफूलको खेती लगाउँदै आएका छन् । यस बारे जानाकरी दिँदै उनले भने “चौध रोपनीबाट सुरु गरिएको सुन्तला जातका फलफूलको व्यावसायिक खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरिएको छ।”

बसेनीमा एभोकाडो लगाउने योजनासहित जग्गा खरिद गरेको भएता पनि पछी धेरै जनाले सुनकागती–१ लगाउन सल्लाह–सुझाव दिएपछि सुरुमा कागतीबाट व्यावयसायिकरूपमा फलफूलखेती सुरु गरेको किसान रेग्मी बताउँछन। रेग्मी  भन्छन “सुन्तला बगैँचामा १२ सय बोट सुनकागती–१, १५ सय बोट सुन्तला, किन्यु, तीन सय बोट निबुवा, लप्सी, जुनार, स्याउ, टिमुर, आँप, लिचीलगायतका फलफूल रहेका छन, गत वर्षभन्दा अहिले कागती र सुन्तलाको उत्पादन राम्रो भएकोले यो सिजनमा सुन्ताला र सुनकागती–१ को बिक्रीबाट रु १० लाख आम्दानी हुने अनुमान गरेको छु।”

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सिँचाइ, मेसेरेनरी औजार र बिरुवामा ५० प्रतिशत अनुदान मिलेको, फलफूल लगाउने आवश्यक सीप, ज्ञान, रोग कीराका बारेमा सहजै सल्लाह–सुझाव पाउँदा व्यावसायिक खेतीलाई बढाउन र पेसामा टिकी राख्नको लागि ऊर्जा मिलेको बताए ।

यसरी पहाडी गाउँमा व्यावसायिक कृषि फार्म सञ्चान भएसँगै त्याहाँका स्थानीहरुले पनि रोजगारी पएका छन् । उनले भने “पन्ध्र दिनको फरकमा दुई सय कामदार लगाएर बोटबिरुवा गोडमेल गर्नुपर्छ, कामदार प्रयोग गर्दा सबै यहीँ गाउँका दाजुभाइ, दिदीबहिनीलाई बोलाउने गरेको छु।”

  • न्युज बहार संवाददाता

थप