Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दसैँपछि लगातार विभिन्न कम्पनिको १७ अर्ब रूपैयाँभन्दा बढीको सेयर जारी हुदै

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

कार्तिक ५, काठमाडौँ । दसैँपछि लगातार १७ अर्ब रूपैयाँभन्दा बढीको सेयर जारी हुने भएको छ । दसैँ खर्चिलो चाड हो त्यसैले हामी धेरै खर्च गर्न रुचाउँचौँ तर अब तर खर्च मात्रै होइन, केही रकम बचत पनि गरौं। किनभने दसैंपछि १७ अर्ब रूपैयाँभन्दा बढीको प्रथमिक सेयर जारी हुँदैछ।

अहिले बीसवटा कम्पनी धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमति माग्दै पुगेका छन्। यी कम्पनीहरुले कुल १५ अर्ब २७ करोड रूपैयाँको सेयर जारी गर्ने अनुमति धितोपत्र बोर्डसँग माग गरेका छन्।

यीमध्ये कतिपयले दसैंपछि सेयर जारी गर्ने अनुमति समेत पाइसकेका छन भने कतिपयले दसैंपछाई नै अनुमाति पाउने सम्भावना छ।

तीन कम्पनीले भने अहिले यस्तो अनुमति पाइसकेका छन्।

यी तीन कम्पनी हुन्- नेपाल वेयर हाउस कम्पनी, मुक्तिनाथ कृषि कम्पनी  र भिजन लुम्बिनी ऊर्जा कम्पनी ।

वैदेशिक रोजगारीमा रहेकाहरूलाई समेत यी कम्पनीहरुले सेयर जारी गरिसकेका छन्। अब करिब ४४ करोड रूपैयाँको सेयर यी कम्पनिहरुले सर्वसाधारणका निष्कासन गर्नेछन्।

भिजन लुम्बिनी ऊर्जा कम्पनीले आइपिओ निष्कासन मिति पनि तोकिसकेको छ । यस कम्पनिको सेयर कार्तिक १६ गतेदेखी कार्तिक २० गते सम्मकालागी बिक्रि खुल्ला हुनेछ ।

यता अर्को ठुलो कम्पनि सर्वोत्तम सिमेन्टले पनि तिहारपछि नै सेयर जारी गर्ने तयारी गरिरहेको छ। यस कम्पनिले करिब ६५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्न लागेको छ । 

  • न्युज बहार संवाददाता

थप