असोज १४, काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
प्रधानमन्त्री दाहालले प्रतिनिधि सभा बैठकलाई आज आइतबार सम्बोधन गर्दै आसन्न चाडबाड र उपभोक्ता हितलाई ध्यान दिँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी गराएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिए पछि नेपाल आयल निगमले एक सूचना प्रकाशित गर्दै आइतबार राति १२ बजेदेखि लागु हुने गरी मूल्यवृद्धि फिर्ता गरिएको जानकारी गराएको हो ।
- न्युज बहार संवाददाता