मंसिर
२५, म्याग्दी । यतिबेला बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्ता म्याग्दीको
अन्नपूर्ण गाउँपालिका–७
दोसल्लेका प्रेम पाइजालाइ छ । दोसल्लेकै अर्का किसान रेबहादुर
पुनको फल दिने बेला भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि धमाधम मर्न
थालेका छन् ।
दोसल्लेमा
४२ घरधुरीको बसोबास रहेको छ भने त्याहाँका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती
गरेका छन् । सुन्तला बगैँचामा ९ हजार सुन्तलाको बोट छन भने बगैँचाको बीचमा रहेको
११ केभी क्षमताको विद्युतको नाङ्गो तारले सुन्तलाका हाँगा छुन थालेको छन । अन्नपूर्ण गाउँपालिकाका
पूर्वउपाध्यक्ष केशमाया मगरले बगैँचाभित्र पस्न विद्युत्को करेन्ट लागेर दुर्घटना
हुने जोखिम रहेको बताए ।
दोसल्ले
व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष पाइजाले भने, “सुन्तलाको बोटले बिजुलीको वितरण
लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ,
तारमा
छोइएर सुन्तलाको बोट मर्न थालेका छन् र बाचेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा
पस्दा करेन्ट लागेर दुर्घटना हुने डर एकदमै छ ।”
सुन्तलाको
बोट हुर्कदै गयो र सुन्तलाका हाँगाले नाङ्गो तार छुन थाल्यो यही कारणले दोसल्लेको
यस सुन्तला बगैँचामा छिर्न सबै डराउने गरेका छन । सुन्तलाका बोटले चार सय भोल्टको
विद्युत् प्रवाह हुने नाङ्गो तारलाई छुदा मर्न थालेका छन । स्थानीय बेगबहादुर
पाइजा पनि गोडमेल गर्न बगैँचामा जाँदा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम बढेको
बताउँछन ।
उनले भने, “सुन्तला बगैँचाभित्र जाँदा
करेन्ट लागेर ज्यानै जाला भन्ने डर छ, तारले छोएको बोटको सुन्तला माया
मार्नुपर्ने अवस्था आएको छ । बगैँचा पस्दा कता करेन्ट लागेर मरिने पो हो की भन्ने
डरले पिरोलेको छ ।”
गण्डकी
प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी केही दिनअघि दोसल्ले गएका बेलामा स्थानीयवासीले
विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नाङ्गो तार हटाएर एबिसी केबुल भएको
कालो तार जडान गर्ने व्यवस्था गरिदिन माग गरेका थिए ।
उनका
अनुसार दोसल्लेको विद्युतीय दुर्घटनाको जोखिमको अवस्थाका बारेमा नेपाल विद्युत् प्राधिकरण
बेनी वितरण केन्द्रमा जानकारी गराएपछि प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ
र जति
सक्दो छिटो नाङ्गा तार हटाएर एबिसी केबुल राख्ने तयारी गरिएको छ ।
आइतबार दोसल्लेको
विद्युत् वितरण लाइनको सदस्य भण्डारीको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणको बेनी
वितरण केन्द्रका प्रमुख प्रताप बराल, इञ्जिनियर शिव पौडेल, लेखा प्रमुख श्याम रानासहितको
टोलीले स्थलगत निरीक्षण समेत गरेको छ ।
- न्युज बहार संवाददाता