कार्तिक १०, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातमा २१ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ।
भन्सार विभागका तथ्यांकअनुसार आर्थिक
वर्ष २०८२/८३ को साउनदेखि असोजसम्मको अवधिमा २१
करोड ३४ लाख ५० हजार रुपैयाँ
बराबरका
यी वस्तु आयात भएका छन्। सो अवधिमा कुल ४ लाख
१३ हजार ३७८ किलो कुरकुरे, कुरमुरे र लेज नेपाल भित्रिएको छ।
यस्तै, यी खाद्य वस्तुहरूको आयातबाट सरकारले १३
करोड ३५ लाख ७९ हजार रुपैयाँ भन्सार
राजस्व संकलन गरेको विभागले जनाएको छ।