Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एउटै गाउँबाट डेढ करोडभन्दा बढी रकमको सुन्तला बिक्री

  •   ३ वर्ष अघि | २३ पुस २०८०, सोमवार

पुस २३, म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकहरुले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम आम्दानी गरेका छन । कृषकहरुले यस वर्ष डेढ करोडभन्दा बढि गाउँमा भित्र्याउन सफल भएका हुन । तर जिल्लामा यस वर्ष समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ ।

सुन्तला बिक्री गरेर राखुगाउँका एकै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म आम्दानी गरेका छन् । यस वर्ष रु नौ लाखको सुन्तला बिक्री भएको राखुकी मनकुमारी पुनले बताएकी छन । विगत डेढ दशकदेखि उनले नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएका छन् । 

यस वर्ष पुनले अन्यत्र जिल्लाबाट आएका व्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरेका हुन । अर्का अगुवा कृषक खिम पुनका अनुसार सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यस वर्ष करिब डेढ करोडको सुन्तला फलाएको छन । न्यूनतम ३० हजारदेखि नौ लाखसम्मको सुन्तला सो गाउँका कृषकले उत्पादन गरेका छन् । 

सुन्तला जोन कार्यक्रमका संयोजकसमेत रहेका खिम पुनले यस वर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको जानकारी दिए ।

कृषक पुनका अनुसार राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाडौँ पठाउने गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप