साउन २०, काठमाडौँ । आज दरबारमार्गस्थित ओरियन्ट क्याफेमा रैथाने कृषि हाटबजार सञ्चालन भएको छ । रैथाने एग्री प्रडक्टस् नेपालले प्रत्येक शनिवार आयोजना गर्ने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन गरिएको हो ।
यस बजार सञ्चालनको मुख्य उद्देश्य भनेको उपभोक्ता र उत्पादक किसानबीच सीधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको बिक्री वितरण गर्नु हो ।
यस रैथाने हाटबजारमा गेडागुडी, स्थानीय खाद्यान्न, जडीबुटी, अन्न, सीपमा आधारित हस्तकलाका सामग्री, मौसमी अर्ग्यानिक फलफूल तथा तरकारी, बीउ बिजन तथा अन्य घरायसी सामग्री र यस सँग सम्बन्धीत परामर्श सेवा समेत उपलब्ध गराइएकोस छ ।
- न्युज बहार संवाददाता