Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एक क्विन्टल सुन तस्करी प्रकरण : आज भन्सार एजेन्टसहित ६ जना पक्राउ ।

  •   ३ वर्ष अघि | ७ साउन २०८०, आइतवार

साउन ७, काठमाडौँ । आज आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।

आइतबार उनीहरूलाई ६ जनालाई राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ गरेको हो ।

आज ६ जना पक्राउ परेपछी सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

आज पक्राउ पर्ने भन्सार एजेन्टमा सुन भन्सार पास गराउन संलग्न रहेको रुकमिना सुब्बा, सुदर्शन गौतम र यादवशंकर पराजुली रहेका छन् ।

त्यसैगरी अन्य तिनमा खरिदार एवम् जाँचकी कुमार ढकाल, भन्सार अधिकृत सन्तोष चन्द, र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप