साउन ४, काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा आज एक चिनिया नागरिक सँगै अर्का एक जना पनि पक्राउ परेका छन।
चिनियाँ नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
स्रोतले पक्राउ परेका चिनियाँ
नागरिक लिङ चुवान रहेको जानकारी दिएको छ ।
चिनिया नागरिक नेपाल छोडेर जानै
लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व
अनुसन्धान विभागलाई बुझाएको छ ।
यस्तै यस केशमा चितवनका अशोक लामा
पनि पक्राउ परेका छन् ।
राजश्व
अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको को दाबी गरेको छ ।
- न्युज बहार संवाददाता