माघ १४, काठमाडौँ । आइतबार साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदी दुबैको भाउ स्थिर रहेको
छ।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७
हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज आइतबार नेपाली बजारमा
चाँदीको मूल्य पनि स्थिर रहेको छ।
शुक्रबार
प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच
भइरहेको छ।
शुक्रबार पनि सुन र चाँदी यही मुल्यमा कारोबार भएको थियो ।
- न्युज बहार संवाददाता