Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दशैको मुखमा पेट्रोलियम पदार्थको मूल्य बृद्धी, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढ्यो

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

असोज १४, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले वृद्धि गरेको छ ।

डिजेल र मट्टितेलमा प्रतिलिटर ६, पेट्रोलमा प्रतिलिटर २ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले गरेको हो । त्यस्तै प्रतिलिटर ८ रुपैयाँ हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा बढाइएको छ । यो वृद्धि भएको मुल्यपछी अब ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ ।

पेट्रोलको मूल्य पहिलो वर्ग (डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ पुगेको छ । त्यस्तै दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र दिपायल, पोखरा र काठमाडौँमा १८५ रुपैयाँ पुगेको छ ।

पहिलो वर्गमा डिजेलको मूल्य १७६.५, १७८दोस्रो वर्गमा  र १७९ रुपैयाँ प्रतिलिटर तेस्रो वर्गमा कायम भएको छ ।

प्रतिलिटर १४४ रुपैयाँ आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । शनिबार राति १२ बजेबाट बढेको मूल्य लागू भएको छ ।

  • न्युज बहार संवाददाता

थप