कार्तिक
१, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक ४३.२७ अंक (२.३२ प्रतिशत)ले बढेर १९०७.८९
बिन्दुमा बन्द भएको छ।
अघिल्लो
दिनको तुलनामा बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ।
यस दिन २८६ वटा धितोपत्रको ३७
लाख ७२ हजार २३ कित्ता सेयर किनबेचबाट ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँको
कारोबार भएको छ।
यसदिन आशा लघुवित्तको सेयर
मूल्य सर्वाधिक १० प्रतिशत र इन्फिनिटी लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको
छ भने सेयर मूल्य सर्वाधिक ४.६२ प्रतिशत र ३.९५ प्रतिशतले एनआइबिएल समृद्धि फण्ड
इकाइको मूल्य घटेको छ
आज
नेप्सेमा सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा
समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ ।
यसदिन सर्वाधिक २.८७ प्रतिशतले निर्जीवन
बीमा समूहको परिसूचक बढेको छ भने २.७४ प्रतिशतले विकास बैंक समूहको परिसूचक बढेको
छ।
- न्युज बहार संवाददाता