फागुन २८, काठमाडौँ । बुधबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।
यसदिन
नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा बन्द भएको हो ।
नेप्से बढेपनि यस दिन कारोबार रकममा भने सामान्य गिरावट आएको छ । बजारमा यस दिन ३२३ स्टकको ७९ हजार २३६ पटकको कारोबारमा ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँबराबरको २ करोड २९ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन सर्वाधिक ९.७९ प्रतिशतले पिपुल्स हाइड्रोपावर कम्पनीको
शेयरमूल्य बढेको छ भने सर्वाधिक १० प्रतिशतले विन नेपाल लघुवित्त वित्तीय संस्था
लिमिटेडको शेयरमूल्य घटेको छ ।
यस दिन कारोबार रकमका आधारमा माछापुच्छ्रे
बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनिको बैंकको यस दिन ८१
करोड ३६ लाख रुपैयाँबराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा
आएका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक
घटेको छ ।
यस दिन सर्वाधिक
१.७६ प्रतिशतले लगानी उपसमूहको परिसूचक बढेको छ ।
यस दिन विकास
बैंक र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेका छन ।
- न्युज बहार संवाददाता