Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

५.१९ अंकले बढ्यो नेप्से, एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ५.१९ अंक (०.२६ प्रतिशत) ले बढेर १९७६.२९ बिन्दुमा बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही कम भएको छ

यस दिन २८६ वटा धितोपत्रको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेचबाट १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको कारोबार भएको हो।

सोमबार सयपत्री हाइड्रोपावर र सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेका छ भने  सेयर मूल्य सर्वाधिक ५.२९ प्रतिशतले घट्नेमा पिपल्स हाइड्रोपावर रहेको छ।

यस दिन नेप्सेमा एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पर्यटन र उत्पादन तथा प्रशोधन र होटल्स समूहको परिसूचक ०.०९ र ०.९२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक केही बढेको छ ।

यसदिन सर्वाधिक १.३३ प्रतिशतले विकास बैंक समूहको परिसूचक बढेको हो।

  • न्युज बहार संवाददाता

थप